सिम्रौनगढ :जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहले सुत्केरी भएकै समयमा सुत्केरी भत्ता दिने व्यवस्थाका लागि पहल गर्ने बताएका छन् ।
स्थानीय सरकारको नेतृत्व तथा जन जागरण युवा क्लबको आयोजना तथा वन हर्ट वल्र्ड वाईड (ओएचडब्ल्यु)को आर्थिक एवम् प्राविधिक सहयोगमा संचालित मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा सुदृढिकरण कार्यक्रमको सिम्रौनगढमा सोमबार संयुक्त अनुगमन तथा सुपरिवेक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सुत्केरी गराउन स्वास्थ्य संस्था सम्म आउन् भन्ने उद्देश्यले दिने यातायात खर्च आर्थिक वर्षको अन्त्यमा मात्रै सुत्केरी भत्ता वितरण हुनु उचित नभएको भन्दै सरोकारवाला बिच छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन ।
२०२३ बाट संचालन भएको परियोजनाको कार्यक्षेत्र मध्ये जिल्लाको सिम्रौनगढ नगरपालिकाको कचोर्वा र उचिडिह स्वास्थ्य चौकीमा रहेको हरुमा टोलीले अनुगमन गरेको आयोजक संस्थाले जनाएको छ ।
परियोजनामार्फत बर्थिंङ्ग सेन्टरका लागि आवश्यक २ लाख ६० हजार बराबरका बर्थिंङ्ग सामाग्रीहरु दिनुका साथै स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम,न्युनतम मापदण्ड सम्बन्धि तालिम लगायतका कार्यक्रमहरु गरेर सहयोग पुर्याएको कचोर्वा स्वास्थ्य चौकीका इन्चार्ज बबीता महराले जानकारी गराएकी थिइन् ।
अनुगमन टोलीमा जिसस कार्यालय प्रमुख अमोद चौधरी,स्वास्थ्य कार्यालय प्रमुख राम नरेश यादव,सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य संयोजक विजय शंकर ठाकुर लगायत सम्बन्धित वडाका वडा अध्यक्षहरु लगायतको सहभागीता रहेको परियोजना संयोजक त्रिलोक मण्डलले जानकारी दिएका छन ।

