प्रतिबन्धित गाँजा सहित वीरगञ्जबाट एक जना पक्राउ

राम मण्डल
264 पाठक संख्या

प्रतिबन्धित गाँजा सहित पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीले  प्रतिबन्धित गाँजासहित वीरगञ्ज महानगरपालिका–१७ अलौबाट उनलाई पक्राउ गरेको हो ।

जाँचको क्रममा भारततर्फ लैजादै गरेको अवस्थामा गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९ बस्ने ४२ वर्षीय मुरारीप्रसाद यादव रहेका छन ।

उनको साथबाट शरीरमा प्लाष्टिकको टेपले वेरी लुकाइ छिपाइ राखिएको तिन केजी दुई सय ग्राम गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाका अनुसार पक्राउ परेका यादवलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको छ ।

Leave a review

This will close in 0 seconds