वीरगञ्ज : शुक्रवारदेखी अचानक बारा,पर्सा सहित तराईका जिल्लाहरुमा चिसो बढेको छ ।
पर्साको सदरमुकाम वीरगञ्ज तथा बाराको सदरमुकाम कलैया सहित शुक्रबारदेखि सवै क्षेत्रमा चिसो बढेको हो । मौसममा परिबर्तन भई शुक्रबार बिहानैदेखि चिसो बढेको मौषम विद्हरुले बताएका छन ।
बिहानैदेखि बढेको चिसोका कारणले दिउँसोसम्म घाम नलागेका कारणले मानिसहरु चिसोले प्रभावित भएका हुन्। सर्वसाधारणहरु अन्य दिनको तुलनामा शुक्रबार बढी चिसो महसुस गरेका थिए। बिहानैदेखि बाक्लो हुस्सुले मानिसहरुलाई मर्कामा पारेको हो।
चसोका कारण सडक तथा बजारहरुमा पनि दिउँसो मानिसहरु कम निस्केका थिए। सवारी साधन पनि कम चलेका थिए ।
बिहानै लागेको हुस्सु दिउँसो सम्म पनि नहटदा कतिपय सवारी साधनहरले बती बालेर नै सवारी चलाएका हुन्।
उनीहरुले चिसो महसुस गरेका कारण तथा हुस्सुमा गाडी दुर्घटनाबाट बच्नको लागि बत्ती बाल्नु परेका सवारी चालकले बताएका छन्।
यसैबीच चिसो बढेकोले सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन ।मौसममा परिबर्तन आएर चिसो बढेकाले यस्तो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मले सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ।
बदलिएको मौसमा रुघाखोकी ज्वरो लगायतका रोगबाट ग्रसित हुनुपर्ने समस्या आउन सक्ने भएकाले सकेसम्म चिसोबाट बच्न सल्लाह चिकित्सकले दिएका छन्।

