बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ फत्तेपुर बजारमा मंगलवार निशुल्क आँखा परिक्षण शिबिर सम्पन्न भएको छ ।
तामागढी बचत तथा ऋण सहकारी संस्था र फत्तेपुर आर्दश समाज युवा केन्द्रको स्थानीय आयोजनामा तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको मुख्य आयोजनामा उक्त आँखा शिबिर संचालन गरिएको होे ।
सहकारी संस्थाकाको सिमरा सेवा केन्द्र अन्तरगका फत्तेपुर बजारमा आँखा परिक्षण शिबिरको आयोजना गरीएको सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिए ।
शिबिरमा यो क्षेत्रका तीन सय ८० जनाले निशुल्क आँखा परिक्षण गराएका छन । परिक्षण गराएका मध्ये मध्ये ३९ जनामा मोतिबिन्दुको विरामी फेला परेको सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिए ।
शिबिरमा चेकजाँचबाट फेला परेका मोतियाबिन्दुका विरामीहरुलाई मंगलवार नै हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौडा लगिएको र उनीहरुको बुधवार निशुल्क अपरेशन गरीने जनाईएको छ ।
विरामीहरुको अपरेशन गर्न जाने सवै विरामीहरुको यातायात खर्च तथा खाना नास्तामा लाग्ने सम्पुर्ण खर्च हेटौडा आँखा अस्पतालले व्यहोर्ने जनाईएको छ।
शिबिरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका नेत्र रोग बिशेषज्ञबाट आँखा परिक्षण गरिएको थियो ।
अन्य सहयोग फत्तेपुर आर्दश समाज युवा केन्द्रका युवाहरुको र तामागढी सहकारीका प्रतिनिधिहरुको सहजीकरण गरिएको थियो ।
शिविरमा तामागढी बचत तथा ऋण सहकारी संस्थाका बासुदेव रिमाल, संचालन समिति सदस्य एवम् सिमरा सेवा केन्द्रका संयोजक सन्तोष पाण्डे, सिमरा उपसमितिका सदस्यद्धय शम्भु साह,नारायण रिमाल, समिमहक अन्सारी, सिकेन्द्र सहनी, फत्तेपुर अर्दश युवा समाजका अध्यक्ष गोविन्द चौधरी लगायतको सकृय सहयोग तथा सहभागिता रहेको थियो ।


