मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न हिरा माझी पक्राउ

साझेदारी दैनिक
237 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले मानव बेचविखनमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ को हिरा माझीलाई पक्राउ गरेको हो। प्रहरीले अनुसन्धानको लागि सात दिनको म्याद थप पर्सा जिल्ला अदालतबाट गराएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा काठमाण्डौबाट आएकी वर्ष १४ की एक किशोरीलाई प्रहरीले उद्धार गरेको हो। परिवर्तित नाम ३४ जिल्ला ०८२/०८३ काठमाण्डौ(ख)१ पीडितलाई प्रतिवादीले प्रेम सम्बन्धमा पारी बिभिन्न प्रलोभन देखाई ललाई फकाई विवाह गर्छु र भारतको दिल्लीमा लगी काम लगाई दिन्छु भनि काठमाण्डौबाट शुक्रबार माझीले वीरगञ्ज ल्याएका थिए।

उनलाई वीरगञ्ज हुदै भारतको दिल्ली लाने क्रममा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले तत्कालै पीडितलाई सकुशल उद्दार गरेको हो। प्रहरीले प्रतिवादी हिरा माझीलाई नियन्त्रणमा लिएको थियो माझी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा पक्राउ गरिएको हो।

Leave a review

This will close in 0 seconds