खैरो हिरोईनसहित चार जना प्रहरीद्वारा पक्राउ

साझेदारी दैनिक
335 पाठक संख्या

वीरगञ्जबाट लागुऔषध खैरो हिरोईनसहित पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बाट एक ग्राम लागुऔषध खैरो हिरोईनसहित चार जनालाई पक्राउ गरेको हो ।

उसले चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता वि.कलाई पक्राउ गरेको हो ।

बिकको साथबाट लागुऔाषध खैरो हिरोईन एक ग्राम बरामद भएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१५ चालीस फिट्टे स्थित सडकखण्डबाट दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बा.९५ प २३०३ नम्बरको स्कुटीमा सवार रौतहट चन्द्रनगर नगरपालिका–५ बस्ने सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने बिजय साहलाई पनि खैरो हिरोईनसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए  ।

पक्राउ परेका चारैजनालाई लागुऔषध समबन्धी कसुरमा थप अनुसन्धान भईरहेको थापाले बताए ।

Leave a review

This will close in 0 seconds