नेपाल लाइफ ई.क.लि.निजगढ शाखाद्रारा स्व.गोलेको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

संदिप प्रसाद यादव
436 पाठक संख्या

नेपाल लाइफ ई.क.लि.निजगढ शाखाले शुक्रबार स्व.गोलेको परिवारको घरदैलोमै गएर एक कार्यक्रम बिच मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर १७ रामनगर निवासी स्व.सिम्रन गोलेले नेपाल लाइफ इन्स्योरेन्समा २०७८ साल फागुनको २० गते बिमा पोलिसी खरिद गरेकी थिइन् ।

उनको गत असार १९ गते अकल्पनीय घटना सर्पको टोकाइबाट मृत्यु भएको थियोे ।

सो दु:खद घटना भएकोमा हकवाला चन्द्रकुमार घिसिङलाई ५ लाखको बिमा बोनस थपेर १० लाख ४० हजार रुपैयाँ बिमाको घरमै पुगेर मृत्यु दाबीलाई चेक हस्तान्तरण गरिएको एजेन्जी म्यानेजर श्रीराम साहले जानकारी दिएका छन् ।

स्वर्गीय गोलेले खरिद गरेको बिमा पोलिसीमा २ किस्तामा रु.७८ हजार मात्रै बुझाउनु भएको थियो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वार्ड नम्बर १७ का वडा अध्यक्ष भिम लामा,नेपाल लाइफ निजगढका उपशाखा प्रमुख कमल बन्जारा,एजेन्सी म्यानेजर श्रीराम साह,इन्दिरा देवकोटा,प्रेम चौधरी,समिना कौडेल र पार्वती मैनाली लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review