जिल्ला प्रशासन कार्यालय पर्साले होली सभ्य र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
होली पर्बको शुभकामना दिदै पर्वले आपसी सदभाव तथा आत्मियता बृद्धि गर्ने बिश्वास समेत उनले ब्यक्त गरेका छन् ।
होली मनाउने क्रममा सामाजिक सांस्कृतिक मूल्य मान्यता विपरितका क्रियाकलापहरु नगर्न प्रशासनले अनुरोध गरेको छ ।
होलीमा जथाभावी लोला हान्ने,फोहोर पानी छ्याप्ने,अपरिचित व्यक्तिलाई र कसैको इच्छा विपरित रंग दल्ने, अरुलाई असर गर्ने गरी सार्वजनिक स्थानमा चर्को स्वरमा डिजे वा माईक बजाउने, मादक पदार्थ तथा लागू पदार्थ सेवन गर्ने,अश्लिल गित गाउने वा वजाउने जस्ता अमर्यादित क्रियाकलाप नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
पर्व मनाउने क्रममा यस्ता अमर्यादित क्रियाकलाप गरे गराएमा कानून बमोजिम कडा सजाय गर्न प्रशासन कटिवद्ध रहेको प्रशासनले जानकारी दिएको छ ।


