भन्सार नतिरेका अठाईस भारतिय मोटरसाईकल बरामद

साझेदारी दैनिक
344 पाठक संख्या

बारा : प्रहरीले बाराको बिभिन्न स्थानबाट भन्सार नतिरेका अठाईस वटा भारतिय मोटरसाईकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिृएको प्रहरी टोलीले उक्त मोटरसाईकल बरामद गरेको हो।

मोटरसाईकललाई चेकजांच गर्दा भन्सार नतिरेका,आवश्यक कागजपत्र नभएका,कानून बिपरीत रहेका भारतिय नम्बर पलेट भएका मोटरसाईललाई बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाईकल रु २५ लाख रुपैया बराबरको रहेको छ । भारतिय मोटरसाईकल आवशयक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिप कुमार थापाले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।

Leave a review