एघार लाख अस्सी हजार बराबरको धान लोड रहेको ट्रयाक्टर प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
449 पाठक संख्या

पर्सा प्रहरीले ११ लाख ८० हजार बराबरको धान लोड रहेको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

पर्सा विन्दवासिनी गाउँपालिका–४ स्थित सडकखण्डबाट ना.४ त २५७२ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।

उक्त ट्रयाक्टरमा लोड रहेको छ हजार केजी धान बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालक पर्साको पकहा मैनपुर गाउँपालिका–१ बस्ने बिनोदकुमार महतोलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds