भुकम्पको त्रासबाट कलैयामा विद्यार्थी बेहोस

संदिप प्रसाद यादव
318 पाठक संख्या

कलैया : कलैयास्थित श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालयका १२ जना विद्यार्थीहरु भूकम्पको त्रासबाट बेहोस भएपछी अस्पताल भर्ना भएका छन्।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ अवस्थित देशकै तेस्रो पुरानो विद्यालयमा भूकम्पको धक्काले १२ जना विद्यार्थीहरु मंगलबार बेहोस भएका हुन् ।

उनीहरुलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लगिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरीले बताएका छन्। उनीहरूको उपचार पश्चात् डिस्चार्ज गरिएको अस्पतालका चिकित्सकले बताए ।

यसरी बेहोस हुने विद्यार्थीमा कलैया १६ की कक्षा आठमा अध्ययनरत १४ वर्षीय विद्यार्थी शारदा यादव,कक्षा १० मा अध्ययनरत १८ वर्षीय निलम कुमारी साह हुन् ।

यस्तै कलैया २७ की कक्षा आठमा पढने १५ वर्षकी मेनुका चौधरी,कलैया ४ की कक्षा आठमा अध्ययनरत १५ वर्षीय रोशनी सहनी बेहोस भएको प्रअ गिरीले बताए ।

यस्तै अलक्सना यादव,सन्ध्या गुप्ता,रागिनी साह,प्रियाकुमारी राम,अंजली कुशवाहा,राजन यादव,सोनु पटेल लगायत बेहोस भएको गिरीले जनाएका हुन्।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साह र पूर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवले अस्पतालमा पुगेर विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

मङ्गलवार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको धक्का नेपालका विभिन्न भागमा महसुस गरिएको थियो।

Leave a review