लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक भयो कार्यक्रम देवतालमा

साझेदारी दैनिक
390 पाठक संख्या

लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम बाराको देवताल गाउँपालिकामा सो तालिम सम्पन्न भएको छ ।

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कलैया बाराको आयोजनामा देवताल गाउँपालिकाको सहयोगमा सो तालिम सम्पन्न भएको हो । लागू औषध नियन्त्रण सम्बन्धी चार दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

देवताल गाउँपालिकाको वडा नम्बर ३ स्थित इन्द्रदेव माध्यमिक विद्यालय अमवामा विभिन्न चरणमा सो तालिम सम्पन्न भएको हो ।

चैत्र १६ गते देखि १९ गते सम्म ४ इभेन्टमा संचालन भएको उक्त कार्यक्रममा २ सय ८० जनाको सहभागिता रहेको थियो ।

लागू औषधको अवस्था दिनानुदिन भ्यावह बन्दै गएको कार्यक्रमका प्रमुख अतिथि तथा देवताल गाउँपालिकाका उपाध्यक्ष सितापति देवीले बताएको व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कलैयाका अध्यक्ष विनोद साहले बताए ।

युवा तथा बालबालिका भोलिका देशका कर्णधार भएको उपाध्यक्ष यादवले बताइन् । उनले देशका कर्णधारहरु नै यसरी लागू औषध जस्ता कुलतमा लागेको उनले बताइन् । आफ्नो भविष्य मात्र नभई देश र समाजलाई डुबाउने बाटो तिर लम्किनु चिन्ताको विषय रहेको उनले बताइन् ।

विकृतिहरुबाट आफनो सन्ततिहरुलाई जोगाउन हरेक अभिभावक सजग र सतर्क हुनु पर्ने उनले बताइन् ।

देवताल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तव,सामाजिक विकास शाखा अधिकृत राजिव कुमार यादव,नवलकिशोर यादव,लालबाबु प्रसाद जैसवाल,रामकृष्ण पाण्डे, शर्मा प्रसाद लगायतको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

Leave a review