औषधी तथा खुद्रा सामान लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

राम मण्डल
327 पाठक संख्या

६१ लाख भन्दा बढीको औषधी तथा खुद्रा सामान लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कंचनपुरतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो ।

उसले वीरगञ्ज महानगरपालिका ८ घण्टाघरमा ना.६ ख ६५१२ नम्बरको ट्रकलाई रोकी जाँच गरेको थियो । सोही क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको पर्सा प्रहरीले जनाएको छ ।

ट्रकमा लोड रहेको ६१ लाख १४ हजार ८७ बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिइएको छ ।

यसलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review