प्रहरी कारवाहीको सिलसिलमा प्रहरीले दुई जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट सजाय आदेश पाएका व्यक्तिलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी बारा जिल्ला अदालत, कलैयामा दाखिला गरेको छ ।
चोरी मुद्दामा बारा जिल्ला अदालतले चार महिना कैद र तीन हजार तीन सय ३३ रुपैया सजाय आदेश दिएका परवानिपुर गाँउपालिका वडा नं.१ रहरियाडीह बस्ने १९ वर्षीय रामपुकार कुशवाहालाई ईलाका प्रहरी कार्यालय परवानिपुर बाराले पक्राउ गरेको हो ।
यस्तै अस्थाई प्रहरी पोष्टा बसपार्क कलैयाको प्रहरी टोलीले
बारा,कलैया उप–महानगरपालिका वडा नं.२७ बर्वा टोल बस्ने वर्ष अं.५९ को हनुमान सहनीलाई पक्राउ गरेको हो ।
उनलाई बोक्सी आरोपमा पाँच महिना १४ दिन कैदको आदेश बारा जिल्ला अदालतले दिएको हो ।


