विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा वीरगञ्जमा अन्तरक्रिया

साझेदारी दैनिक
233 पाठक संख्या

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार वीरगञ्जमा अन्र्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिमूर्ति सिनेमा हलको प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो । आदिवासी जनजाति समुदायका पत्रकार एवम् वक्ताहरुले पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन भन्ने कुरामा सो अवसरमा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

विश्व प्रेस स्वतन्त्रता मनाईरहदा पत्रकारिता क्षेत्रलाई नेपालको संविधानले मौलिक हक भनेको कुरा जानकारी फोनिज पर्साका कानुनी सल्लाहकार अमयदास थारुले जानकारी दिए ।

अहिलेको बढदो प्रविधिको युगमा पत्रकारिताको क्षेत्र पनि विस्तार हुन जरुरी रहेको कुरामा उनले जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै फोनिज पर्साका संस्थापक अध्यक्ष दिलिप प्रधानले ०६८ सालमा थोरै मानिसहरुले मिलेर आदिवासी जनजाति पत्रकार महासंघको पर्सा शाखा गठन गरेको स्मरण गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै फोनिजका केन्द्रिय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि निरज पिठाकोटे मगरले आदिवासी जनजाति पत्रकारहरुलाई अहिले पनि राज्यले उपेक्षित गर्दै आएको बताए ।

उनले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष आदिवासी जनजाति समुदायका सत्यनारायण बहादुर श्रेष्ठ नै भएको उनले जनाए । पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाम मुछन नहुने बताए ।फोनिज पर्साका अध्यक्ष अजितकुमार भुजेलको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।

सो कार्यक्रममा फोनिज मधेस प्रदेश सदस्य शम्भु महतो थारु,पर्साका सदस्यहरु लगायत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लिका प्रहरी अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रमको सहजीकरण आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) पर्साका सचिव राम मण्डलले गरेका थिए ।

Leave a review

This will close in 0 seconds