सरकारी अस्पतालमा मेयर पौडेलकोे बच्चाको जन्म

रञ्जन यादव
293 पाठक संख्या

सरकारी अस्पतालमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) राजन पौडेलको बच्चाको जन्म भएको छ ।

नगर प्रमुख पौडेलकी पत्नी प्रतिमा भुषालले सिमरास्थित जीतपुरसिमरा अस्पतालमा एक पुत्रको जन्म दिएकी हुन् । आईतबार बिहान ब्यथाले च्यापेपछि नगर प्रमुख पौडेलले आफनो श्रीमती भुषाललाई अस्पताल भर्ना गराएका थिए ।

दिउँसो ४ः४० मा नगर प्रमुख पौडेल पत्नी प्रतिमा भुषालले २.५ किलोको स्वस्थ्य बच्चालाई जन्म दिएको जीतपुरसिमरा अस्पतालका मेडिकल सुपरिडेन्ट प्रकाश साहले जानकारी दिए । बच्चा र आमाको अवस्था सामान्य रहेको उनले बताए ।

केही समयमै हामीले डिस्चार्ज गर्छौ मे.सु. साहले साझेदारी दैनिकलाई बताए । यो सँगै नगर प्रमुख पौडेलको तीन सन्तान भएका छन् । यसअघि जेठो सन्तानको रुपमा छोरा, माईली छोरी रहेकी छन् ।

पौडेलका यसअघिका दुई सन्तान पनि सरकारी अस्पतालमै जन्मिएका हुन । ठुल्ठुला सुबिधा सम्पन्न अस्पतालमा श्रीमतीलाई भर्ना गरी बच्चा जन्माउन सक्ने क्षमता भएपनि नगर प्रमुख पौडेलले सरकारी अस्पताल( जीतपुरसिमरा अस्पताल ) पनि सुरक्षित र यहाँको चिकित्सकहरु पनि दक्ष छन् भन्ने सन्देश दिन यस्तो गरेको हुनसक्ने कतिपयको बुझाई रहेकोछ ।

नगर प्रमुख पौडेल र उनकी पत्नी भुषाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा रहेकी छिन ।

Leave a review