गरिमा चौधरी हत्या प्रकरण : पाँच मन्त्री र बाराका दुई सांसदसहित पीडित परिवारबीच गृह मन्त्रालयमा वार्ता जारी

साझेदारी डेलि
79 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच वार्ता जारी छ।

गरिमालाई न्याय दिलाउन तथा घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै काठमाडौं पुगेका गरिमाका आमा मानमती चौधरी र बुवा मनोज चौधरीसहित सात सदस्यीय प्रतिनिधिमण्डलसँग सरकारका उच्चपदस्थ अधिकारीहरूले छलफल गरिरहेका छन्।

वार्तामा गृहमन्त्री सुधन गुरुङसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, कृषिमन्त्री गीता चौधरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल सहभागी छन्।

त्यस्तै, बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साह र बारा–४ का सांसद रहबर अन्सारीसहित सांसदहरू अशोक चौधरी, सुरेन्द्र चौधरी र पुष्पा चौधरी पनि छलफलमा सहभागी छन्।

पीडित परिवारले गरिमा हत्याको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही र न्यायको सुनिश्चितताको माग गर्दै आन्दोलन गर्दै आएको छ। हाल गृह मन्त्रालयमा जारी वार्ताबाट सरकार र पीडित पक्षबीच सहमति जुटाउने प्रयास भइरहेको छ।

Leave a review