वैैवाहिक वर्षगाठ मनाउदै चौलागाई दम्पतीले गरे शैक्षिक सामाग्री वितरण

साझेदारी दैनिक
305 पाठक संख्या

एक दम्पतीले वैवाहिक वर्षगाठ मनाउदै बाराको जीतपुसिमरा उपमहानगरपालिकाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभूत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

उमेश चौलागाई र रिता कडेल चौलागाईले आप्mनो १७ औं वैवाहिक बर्षगाठको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका हुन् । यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक लण्ड्रिकाका चौलागाई दम्पती सञ्चालक हुन् ।

उनीहरुले करिव १ लाख मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरेका हुन् । विद्यालयमै पुगेर चौलागाई दम्पतीले करिव एक वर्षको लागी पुग्ने कपि,कलम,पेन्सिल,ईरेजर र कटर प्रदान गरेका हुन् ।

विक्रम संवत २०४९ सालमा स्थापना भएको बिद्यालयमा करिव १५० जना बिद्यार्थि अध्ययन गर्दै आईरहेका छन् । बिद्यालयमा अध्ययनरत्त शिशुदेखि कक्षा ८ सम्मका बिद्यार्थिलाई पुग्ने गरी चौलागाई दम्पतीले शैक्षिक सामाग्री प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले जानकारी दिए ।

सामाजिक क्षेत्रमा सक्रिय चौलागाई दम्पतीले सहयोग गर्दै आएका छन् । यु आर ब्राण्डले परिचित चौलागाई दम्पती २०६४ सालमा वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

बिद्यालय परिसरमा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल घिमिरे,बिद्यालयका प्र.अ बाबुराम घिमिरे,व्यवस्थापन समितिका सदस्यहरु मनहरी अधिकारी,हेमराज न्यौपाने,भिम प्रसाद खकुरेल,निर्मला लामा,बिना बस्नेत लगायतको सो अवसरमा विशेष उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds