वीरगन्जको एक बेकरी उधोगमा सिलबन्दी

साझेदारी दैनिक
222 पाठक संख्या

वीरगन्ज : गुणस्तरहिन घ्यु तथा अन्य बेकरी पदार्थ उत्पादन गरेको आरोपमा वीरगन्जको एक बेकरी उधोगमा शिलबन्दी गरिएको छ ।

बुधबार बीरगन्ज महानगरपालिका–१५ भेडियाहीमा रहेको श्रीराधा बेकरी रिपैकिङ्ग उद्योगमा शिलबन्दी गरिएको हो । उधोगले गुणस्तरहिन घ्यू तथा अन्य बेकरी पदार्थ उत्पादन गरिरहेको भनी उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीको आधारमा छापामारी गरिएको थियोे ।

बाणिज्य कार्यालय,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय वीरगंन्ज एवम् उपभोक्ता हित संरक्षण मंचको संयुक्त टोलीले उधोगमा छापा मारेको थियोे ।सो क्रममा उधोगबा उत्पादन भएका गुणस्तरहिन घ्यु तथा अन्य बेकरी पदार्थ हरु समेत भेटिएको थियोे ।

उधोग बाट गुणस्तरहिन सामान भेटिएपछी तत्काल टोलीले उधोगमा सिलबन्दी गरेको जनाएको छ ।

Leave a review

This will close in 0 seconds