लागूऔषध गाँजा सहित मोटरसाईकल बरामद

साझेदारी दैनिक
273 पाठक संख्या

पर्सा प्रहरीले लागूऔषध गाँजा लोड गरेको मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर १ बैरिया खोला नजिकबाट अवैध लागू औषध गाँजा लोड गरेको बा २२–बिई–६३४९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकलमा १० किलो लागू औषधगाँजा सहित बरामद गरेको छ ।

नेपालबाट भारततर्फ बोरामा लुकाई छिपाई लगिरहेको अवस्थामा इलाका प्रहरी कर्यालय पटेर्वासुगौलिले जनाएको छ ।

विशेष सुचनाको आधारमा उक्त स्थानबाट गाँजासहित मोटरसाइकल पक्राउ गरिएको प्रहरी निरिक्षक मोहन जङ्गले बुढा थापाले जानकारी दिएका छन ।

बरामद लागूऔषध गाँजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds