सडक दुर्घटनामा एकको मृत्यु,चार दर्जन तीर्थयात्रु घाइते

साझेदारी दैनिक
192 पाठक संख्या

बारामा एक सडक दुर्घटना हुदा आइतबार एक जनाको मृत्यु भएको छ ।

नेपाली तीर्थयात्रु बोकेको एक गाडी भारतमा दुर्घटना हुदा ४७ जना घाइते भएका छन् ।

भारत बिहार राज्यको सशस्तीपुर स्थित मिश्री घडारीमा आईतबार नेपाली तिर्थ यात्रु बोकेको बस दुर्घटनामा परेको छ ।

यहाँ ४७ जना यात्रु घाईते भएका छन । घाइते मध्ये १० जना यात्रुको अवस्था गम्भीर रहेको छ । बारा जिल्लाको बारागढी गाउँपालिका–३ मुर्कीपालिया गाउँबाट तीर्थालु लिएर सो बस भारत गएको हो ।

ना ७ ख ६४४६ नम्बरको बसलाई ट्रकले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घाईते तिर्थ यात्रुहरुको उपचार समस्तीपुरको सरकारी सदर र वीवन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा आईतबार दिउसो एक कारले मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकल चालक सर्लाही कर्मैया–९ बस्ने ३५ वर्षीय मानबहादुर प्रधानको ज्यान गएको हो ।

कारको ठक्कर बाट उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हेटौडा बाट पथलैयातर्फ आउँदै गरेको बा५८प ४१४५ नम्बरको मोटरसाइकललाई बीएबी ५०३५ नम्बरको कारले ठक्कर दिएको हो ।

ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा बा ७५ प ५४५१ मोटरसाईकल दुर्घटनाग्रस्त हुदाँ मोटरसाईकल चालक २४ वर्षीय आदेश लामाको शनिबार ज्यान गएको हो।

Leave a review