अनुदानको मल नपाएपछि भारतीय मलकै भरमा बाराका किसान

रञ्जन यादव
225 पाठक संख्या

हरेक बर्ष झै धान बालीमा मल अभावको सामना गर्दै आएका बाराका किसानले यो बर्ष पनि फेरी उस्तै समस्या छ ।

धान खेतीमा युरिया मल नपाएको गुनासो किसानहरुले गरेका छन् । रासायनिक मल बिक्री गर्ने डिलर तथा सहकारीहरूमा युरिया मल छैन ।

केही सहकारीमा डिएपी मात्रै पाइने गरेको किसानहरू बताउँछन् । धानमा मल छर्ने बेला भइसक्दा पनि बजारमा युरिया नपाइएको बाराका अधिकांश पालिकाको किसानहरुको गुनासो छ ।

करैयामाई गाउँपालिका वडा नम्बर ५ का किसान रामलाल चौधरीको पनि गुनासो उस्तै छ । तर कम्पनीको गोदाममा यती बेला डिएपी मात्रै थुप्रिएको छ ।कृषि ज्ञान केन्द्र बाराका अनुसार बाली र सिजनअनुसार बारा जिल्लालाई वार्षिक ६१ हजार मेट्रिक टनभन्दा बढी डिएपी,युरिया र पोटास मलको आवश्यक छ ।

तर वार्षिक रुपमा करिब २८ प्रतिशत मात्रै आयात हुँदै आएको ज्ञान केन्द्र प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । जिल्लामा हिउँदे र वर्षे गरी दुई सिजनमा ६२ हजार २० हेक्टर जमिनमा धान खेती हुने गरेको छ । यस बालीका लागि मात्रै १५ हजार ६६ मेट्रिक टन युरिया,५ हजार ३९१ मेट्रिक टन डिएपी र ४ हजार ९२ मेट्रिक टन पोटास आवश्यक पर्ने गरेको ज्ञान केन्द्र प्रमुख साहले बताए ।

आयातसँगै वितरण कार्यमा पनि व्यवस्थापन गर्नसके किसानलाई केही राहत पुर्‍याउन सकिने उहाँको भनाई छ । सरकारी अनुदानका मल पाउन नसकेपछि बाराका किसानहरु भारतीय मलको भरमा परेका छन ।

भारतबाट तस्करीबाट आउने युरिया मल किनेर भनेपनि आफ्नो काम चलाईरहेको कोल्हवी नगरपालिका वडा नम्बर ८ का एक किसानले बताए । जिल्लाको सिमावर्ति क्षेत्रका अधिकांश किसानहरु भारतीय मलकै भरमा खेती गरिहेका छन ।

नेपाली मल पाउदैनौ,भारतीय मल ल्याउदा प्रहरी प्रशासनको डर छ,महागढीमाई नगरपालिका स्थित बरियारपुरका एक किसानले गुनासो सुनाए ।

Leave a review

This will close in 0 seconds