जीतपुरसिमरा उपमहानगरपालिकाले रामबनमा दुना तथा टपरी उत्पादन गर्ने उद्यम घर ( साझा सुबिधा केन्द्र ) निर्माण गरेको छ ।
सो घर लघु उद्यमीहरुलाई हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाको आयोजनामा सञ्चालित गरिबी निवारणकोलागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत लघु उद्यम बिकास शाखाले साझा सुबिधा केन्द्र हस्तान्तरण गरेको बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले जानकारी दिएका छन् ।
एक कार्यक्रमका बिच नगर प्रमुख राजन पौडेलले साझा सुबिधा केन्द्रको रिबन काटि उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले प्लाष्टीकजन्य बस्तु बिस्थापित गर्न र वाताबरण संरक्षणमा दुना तथा टपरी उत्पादन र प्रयोगले महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरे ।
उनले यसको बजारिकरणमा पनि उपमहानगरपालिकाले सहजीकरण गर्ने बताए । उपमहानगरपालिकाको सात लाखको लागतमा भवन निर्माण भएको हो ।
उपमहानगरपालिकाले टपरी उत्पादन गर्ने मेसिन पनि लघु उद्यमीहरुलाई प्रदान गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ रामबन क्षेत्रभित्र निर्माण गरिएको दुई कोठे साझा सुबिधा केन्द्रलाई जग्गा जनजागरण मध्यवर्ति सामुदायिक बनले प्रदान गरेको छ ।
लघु उद्यमी संस्थाका अध्यक्ष लिलामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, जनजागरण मध्यवर्ति सामुदायिक बनका अध्यक्ष ईश्वरी प्रताप लामा,उद्यम विकास समन्वय समितिका सदस्य रिता कडेँल,अनुगमन समितिका सदस्य रिना बजगाँई,वडा नं.३ का कार्यबाहक अध्यक्ष माया बि.क.,उद्यम बिकास शाखाकी उद्यम सहजकर्ता उषा बुढोथोकी लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन बरिष्ठ उद्यम सहजकर्ता रायले गरेका थिए ।


