ट्राफिक प्रहरी पर्साका प्रमुख सहित तीन प्रहरी चौकीको प्रमुखको भयो सरुवा

साझेदारी दैनिक
394 पाठक संख्या
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

पर्साको सदरमुकाम वीरगञ्जका तीन प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको छ । वीरगञ्जमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखको सरुवा भएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय विर्ताका प्रमुखको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको सरुवा गरेको छ । उनको मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर ४ टर्की,अफ्रिका र अन्यमा सरुवा गरेको छ ।

उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रबन्ध शाखा धनगढी कैलालीबाट लोकराज भट्ट आउने भएका छन् ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग,बजेट शाखा नक्साल काठमाडौँमा सरुवा भएको छ ।

उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौँ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नीरोज चौलागाईं आउने भएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिंगको सरुवा भएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर २ मध्य पूर्व, दक्षिण पूर्व र पूर्वी एसियामा सरुवा भएको छ । उनको ठाउँमा प्रहरी वृत्त लैनचौर काठमाडौँको अपराध नियन्त्रण शाखाबाट श्याम कुमार बस्नेत आउने भएका छन् ।

गत भदौ १७ गते प्रहरी प्रधान कार्यालयले देशैभरका पाँच सय ८७ जना प्रहरी निरिक्षकहरुको सरुवा गरेको हो । सोहीक्रममा वीरगञ्जका तीन मुख्य प्रहरी कार्यालयहरुका प्रमुख प्रहरी निरिक्षकहरुको पनि सरुवा भएको हो । 

Leave a review