टीआरसी विधेयकमाथि सहमति जुटेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले शनिबार वीरगञ्जमा बताएका छन् ।
मानव अधिकारको गम्भीर उल्लंघनका घटनामा कसरी कारवाही गर्ने द्वन्दको क्रममा बेपता भएका नागरिकको बारेमा गरिने कारवाहीको बिषयमा सहमति जुटेका हुन् ।
चौरसियाको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले विधेयकमाथि १८ वर्षदेखि हुन नसकेको सहमति आफु मन्त्री भएको पालामा भएको जनाएका हुन् ।
प्रधानमन्त्री केपी ओली,काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुषपकमल दाहालको सर्व सहमतिले बिधेयकमाथि सहमति जुटेको उनले दावी गरे । निर्दोषहरु पनि कारागारमा रहनुपर्ने अवस्था भएकाले त्यसलाई हटाउनको लागि कानुन कसरी सजिलो बनाउन सकिन्छ भन्ने बिषय सरकारको प्राथमिकतामा रहेको उनको भनाई थियो ।
नेपालमा जेल र बाल सुधार गृहमा रहेका कैदीबन्दिहरुको चालचलन राम्रो भए पेरोलमा छोडने ब्यवस्था भएपनि कार्यान्वयनमा नभएकोले कैदीबन्दिहरुलाई समस्या भईरहेको उनले बताए । लोकतान्त्रिक ब्यवस्था भएका अन्य मुलुकहरुमा अग्रिम जमानत लिन सकिने ब्यवस्था भएको उनले भने ।
यसलाई नेपालमा पनि कसरी कानुनमा एडजस्ट गर्न सकिन्छ भन्ने कुरामाथि छलफल भईरहेको उनले जानकारी दिए । एउटै नगरपालिका,महानगरपालिकामा अहिले नास्ता पानीमा पचासौ लाख,डिजेल,पेट्रोलमा लाखौ लाख खर्च भईरहेकोले स्थानीय निकायमा विकृति र बेथितीहरु रहेको उनले जिकिर गरे ।
स्थानीय तहमा भएका यस्ता विकृति र बेथितीलाई हटाउन जहाँ कानुन संशोधन गर्नुपर्ने आवश्यकता भए सरकारले गर्ने आश्वासन दिए ।देशमा भएको स्थानीय,प्रदेश र संघ सरकारले जनतालाई सेवा दिनमा भईरहेको कठिनाईलाई हटाउन कानुन संशोधनमा आप्mनो प्रयास रहने उनको भनाई थियो ।
विराटनगर,वीरगञ्ज लगायतमा मात्रै कम मात्रामा देशमा बाल सुधार गृहहरु रहेको तथा त्यसमा पनि अब्यवस्था रहेको उनले बताए । चौरसियाले विराटनगर जनकपुर महोत्तरी लगायत जेलमा कैदीहरुको समस्या दुखको बारेमा प्रतिवेदन पेश गरिएकोले अब जेल र बाल सुधार गृह ब्यवस्थित हुने विश्वास ब्यक्त गरे ।
स्वागत कार्यक्रममा काँग्रेस पर्साका सभापति एवम् मधेस प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनाद्र्धन सिंह क्षेत्री,पुर्व प्रदेश सभा सदस्य एवम् पुर्ब मन्त्री ओमप्रकाश शर्मा,काँग्रेस पर्साका नेता कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका चौरसियालाई स्वागत गर्नको लागि सिमरा बिमानस्थलसम्मै नेता कार्यकर्ताहरु पुगेका थिए ।

