वीरगञ्जमा बयानब्बे जनाद्वारा रक्तदान

राम मण्डल
277 पाठक संख्या

वीरगञ्ज :छुट्टाछुट्टै रक्तदान कार्यक्रममा वीरगञ्जमा शनिबार ९२ जनाले रक्तदान गरेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा आयोजित कार्यक्रममा कार्यक्रममा पाँच महिला सहित ५६ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रममा रिना देवि,पुष्पा गिरि,रितु मण्डल,अन्शु कुमारी पटेल,सिमरन मण्डलले रक्तदान गरेका हुन्।

यस्तै कुन्दन साह कलवार,अजय महतो धानुक लगायतले रक्तदान गरेका थिए ।यसैगरी मधेश विश्वविद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा ६ महिला सहित ३६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा सत्या यादव,सुनिता कुमारी ठाकुर,पुष्पा कुमारी,खुश्बुनेशा खातुन,ज्योती पटेलले रक्तदान गरेका हुन्।

यस्तै सो कार्यक्रममा ओमकर रेग्मी,आशुतोष चौरसीया लगायतले रक्तदान गरेका थिए। नेपाल फार्मास्युटिकल एसोसिएसन मधेश प्रदेश कार्यसमितिले कार्यक्रमको आयोजना गरेको थियो।

दु्बै कार्यक्रममा रक्तदान सञ्चार केन्द्रका प्राविधिकले प्राबिधिक सहयोग गरेको थियो।

Leave a review