निजगढ : बाराको निजगढ नगरपालिका वडा नं. ७ अवतार टोलमा “हारपिक र फिनेल बनाउने तालिम“ सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन तथा उनीहरूको सीप विकास गर्ने उद्देश्यले यस तालिम संचालन गरिएको हो । तालिम २ साल असार ११ गतेदेखि १३ गतेसम्म संचालन गरिएको थियो ।
“दबिएकको आवाज बुलन्द होस्,अपाङ्गता भएका व्यक्तिहरूको अधिकार हनन नहोस्“ भन्ने मूल नाराका साथ आयोजना गरिएको तालिममा सहभागीहरूले घरेलु सरसफाइ सामग्री बनाउन सिकेका छन ।
तालिम कार्यक्रम “समृद्ध समाजका लागि युवा सशक्तिकरण,वीरगञ्ज“ को आयोजनामा तथा निजगढ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । तीन दिने तालिममा सहभागीहरूलाई हारपिक र फिनेल बनाउने कच्चा पदार्थ,प्रक्रिया तथा बिक्री वितरणसम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रमका आयोजक संस्थाका प्रतिनिधिहरूले तालिमले अपाङ्गता भएका व्यक्तिहरूमा आत्मविश्वास तथा आर्थिक आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । स्थानीय तहको सहयोगमा यस्ता व्यावसायिक सीपमूलक कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य एवं निजगढ नगर इन्चार्ज रविराज दंगाल र महेश्वर अधिकारीले सीप सम्बन्धि मन्तव्य राखेका थिए । निजगढ नगरपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने निजगढकी कर्मचारी रोजी श्रेष्ठ जनाएकी छिन ।


