छिपहरमाईमा मदिरा बनाउने कच्चा पदार्थ नष्ट

साझेदारी दैनिक
212 पाठक संख्या

वीरगञ्ज : पर्साका छिपहरमाई गाउँपालिकामा सञ्चालित अबैध मदिरा भट्टीबाट मदिरा बनाउने कच्चा पदार्थ पर्सा प्रहरीले नष्ट गरेको छ।

प्रहरीले छिपहरमाई वडा नम्बर ३ मा अवैध रुपमा सञ्चालनमा रहेको मदिरा भट्टीबाट कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो।

विभिन्न व्यक्तिहरुले अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापामारी गरी घरेलु मदिरा भट्टी नष्ट गरेको हो।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले यसबारे साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review

This will close in 0 seconds