बारा निर्माण व्यवसायी संघको साधारणसभा कार्तिक ३० गते

साझेदारी दैनिक
339 पाठक संख्या

बारा : बारा निर्माण व्यवसायी संघको साधारण सभा कार्तिक ३० गते हुने संघको कार्तिक ८ गते बसेको पूर्ण बैठकले निर्णय गरेको छ ।

३० गते संघको साधारण सभा र मंसिर १ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको बारा निर्माण व्यवसायी संघका सचिव धिरेन्द्र प्रसाद जैसवालले साझेदारी दैनिकलाई बताए ।

कार्तिक २५ गते भित्र संघमा आवद्ध सदस्यहरुले आ–आफनो फर्म नवीकरण गराउन तथा नयाँ फर्महरु दर्ता गराउन उनले शुक्रवार विज्ञप्ती जारी गरी अनुरोध गरेका छन्।

हिन्दुहरुको महान पर्व दिपावली,तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना समेत उनले विज्ञप्तिमा व्यक्त गरेका छन् ।

बारा निर्माण व्यवसायी संघको साधारणसभा लामो समय देखि अन्यौल बन्दै गएको थियो । यसपालीको पूर्ण बैठकले गरेको निर्णय बमोजिम साधारण सभा र जिल्ला अधिवेशन समयमै हुने सचिव जैसवालले बताए।

Leave a review

This will close in 0 seconds