बागमति नदिको बाढिले २५ बिघा पोखरीको माछा बगाउँदा करोडौंको क्षती

साझेदारी दैनिक
250 पाठक संख्या

रौतहट,ओम प्रकाश यादव/ रौतहट स्थित बागमती नदिको बाढिले एक जनाको करिव २५ बिघा क्षेत्रफलको पोखरीको माछा बगाएको छ ।

जिल्लाको माधवनारायण नगरपालिका-७ कुशवाहा चोक स्थित रहेको उक्त पोखरीको बागमति नदिबाट आएको बाढिले करोडौंको माछा बगाएको स्थानीय सन्दिप सिंह कुशवाहाले बताएका छन ।

असोज १२ गते दिउँसो बागमति नदिको धर्मपुर घाट स्थित तटबन्ध भत्केर आएको बाढिको पानीले माछा बगाउदा करिव ७ करोड भन्दा बढिको क्षती भएको पीडित कुशवाहाले बताए

बाढिको पानी पोखरीमा पसेको कारण करोडौंको माछा पोखरी बाट बगेर अन्यत्र गएकोले आफू ठूलो समस्यामा परेको पीडित कुशवाहाले बताए ।

एकै पटक मार्नको लागि तयारी अवस्थामा रहेको करोडौंको माछा बाढिले बगाउदा आफू बर्बाद भएको पीडित कुशवाको भनाइ छ ।

उनले तिनै तहको सरकारसंग उचित क्षतिपुर्तीको माग गरेका छन ।

Leave a review