सुनचाँदी ब्यवसायी एक हप्ता देखि आन्दोलनमा,समस्या समाधानका लागि वार्ता र कुटनैतिक पहल हुदै –महासंघ

राजेश कुशवाहा
349 पाठक संख्या

कलैया : सुनमा लगाईएको दुई प्रतिशत बिलासिता कर खारेजीको माग गर्दै बाराका सुनचाँदी ब्यवसायीहरु बिगत एक हप्ता देखि पसल बन्द गरी आन्दोलनमा उत्रेका छन्।

उनीहरु आफनो केन्द्रिय कार्यक्रम अनुसार गएको जेठ २९ गते देखि आन्दोलनमा उत्रेका छन्। सुनचाँदी ब्यवसायीहरु हिरा,जुवाहरत,पत्थरमा लगाईएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने मागका साथ आन्दोलनमा उत्रेका हुन्। उपभोक्ता कर्मचारी,कालिगढ तथा ब्यवसाय मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने माग उनीहरुको छ।

सुनचाँदी ब्यवसायीहरुको आन्दोलन बिहीबार पनि जारी रहेको छ। जिल्लाको कलैया,बरियारपुर,गञ्जभवानीपुर,कोल्हवी,निजगढ,सिमरा,परवानीपुर,सिम्रौनगढ,कचोर्वा,फेटा,लगायतका सुनचाँदी ब्यवसायीहरु पसल बन्द गरी आन्दोलनमा उत्रेको सुनचाँदी ब्यवसायी संघ बाराका राजकुमार सरार्फले जानकारी दिएका छन्।

जिल्लामा दुई सयको संख्यामा सुनचाँदी ब्यवसायी रहेको उनले बताए । उनले सुनचाँदी ब्यवसायीको समस्या समाधानका लागि वार्ता र कुटनैतिक पहल भईरहेकोले उनले बताए।

सुनचाँदी ब्यवसायी तथा कालीगढ संर्घष समिति र विकास आर्थिक मामिला तथा सुशासन समिति अन्र्तगत गठित आर्थिक मामिला उपसमिति संग असार ६ गते शुक्रबार संघिय संसद सचिवालय भवन नम्बर २ सिंहदरबारमा वार्ता हुन लागेको सरार्फले जानकारी दिएका छन।

यता सुनचाँदी ब्यवसायी महासंघका महासचिव किरणभाई ब्रजाचार्यले अगामी साउन १ गते अगाडी उक्त कर नलाग्ने जानकारी प्राप्त भएको साथै समस्या समाधानका लागि वार्ता र कुटनैतिक पहल भईरहेकोले निर्वाध रुपमा ब्यवसाय सञ्चालन गर्न जिल्ला संघ/नगर संघ बस्तुगत तथा एसोसिएट सदस्यहरु संघ अनुरोध गरेका छन्।

Leave a review

This will close in 0 seconds