नेपाली सेनाद्वारा पचरौतामा दिइयो सामुदायिक विपद् प्रतिकार्य तालिम

साझेदारी दैनिक
276 पाठक संख्या

सिम्रौनगढ,नूर आलम बादशाह/ नेपाली सेना ज्वाला दल गणले एक दिने सामुदायिक विपद् प्रतिकार्य तालिम पचरौतामा दिएको छ।

बाराको पचरौता नगरपालिका वार्ड नम्बर ४ बेलदारीमा सो तालिम दिइएको हो। विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्नेबारे सन्देश दिन उक्त तालिमको आयोजना गरिएको हो।

कार्यक्रममा नदीमा खोज तथा उद्धार,पहिरो,ग्यास सिलिण्डर आगलागीको अभ्यास गरिएको छ। श्री ज्वाला दल गणका टोली प्रमुख मदन कार्कीका अनुसार पहिरो र आगलागीका बेला नेपाली सेनाले उद्धार तथा प्रतिकार्यमा कसरी खटिन्छ भन्ने नमुना देखाइएको हो।

सो कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव, वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष अखिलेश यादव, स्थानीय नेता सुरेश यादव,बीओपी बेलदारी प्रमुख राजकुमार झा, प्रहरी चौकी प्रमुख बिनोद चौरसियाको विशेष उपस्थिति थियो ।

सो तालिम हेर्न स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a review