Sajhedari Daily
Latest News from Nepal

नगरसभामा भएका सबैको हस्ताक्षर ठिक हो- निमित प्रप्रअ जसवाल

सिम्रौनगढ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जसवालले आर्थिक बर्ष २०७७/७८ को नगरसभामा हस्ताक्षर भएका सवै हस्ताक्षर ठिक रहेको बताएका छन ।

नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ सालको लागि आयोजना गरेको नगरसभामा ६० जनानगरसभा सदस्यहरु रहेकोमा ३१ जनाले हस्ताक्षर गरेको प्रमुख जसवालको बताए । उनले नगरसभामा नगर सदस्यहरुले गरेको सबै हस्ताक्षर ठिक रहेको ठोकुवा गरेका छन ।

पाँच जना नगरसभा सदस्यहरु कपिलदेव साह, श्रीपति देवी, पन्ना देवी दुसादिन, रम्भादेवी र रमाउती देवीले स्यम पनि हस्ताक्षर गरेको भएपनि केहि ब्यतिmहरुको उसकाहटमा ती नगरसभा सदस्यहरुले पञ्छिन खोजेको प्रमुख जसवालले आरोप लगाएका छन ।

यसैवीच वडा नम्बर ४ की वडा सदस्य पन्नदेवी चमईनको बिषयमा केहि ब्यतिmहरुले किर्ते हस्ताक्षर गरेको भन्दै पत्रकार सम्मेलन गरेको हुदा त्यसमा कुनै प्रकारको सत्यता नरहेको र चमईनले स्यम आफनो राजीखुसी नै नगरसभामा आफनो लेप्चे हस्ताक्षर गरेको प्र्मुख जयसवालले जनाए ।

नगरसभामा किर्ते हस्ताक्षर गरेको भन्दै केही ब्यतिmहरुले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको र कलैयामा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीसंग प्रतिकृया लिदा उहाले हस्ताक्षरको अहिले काठमाडौमा रहेको बिधी बिधान प्रयोगशालामा हस्ताक्षर चेकजाचगर्नका लागि पठाएको र सोको रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताएका छन ।

 

 

Comments are closed.

error: Content is protected !!