चार्डपर्वसंगै बारामा चोरीका घटना बढयो

संदिप प्रसाद यादव
360 पाठक संख्या

कलैया : चाडपर्व नजिकिदै गर्दा बारामा चोरीका घटनाहरु बढ्न थालेको छ ।

मंगलवार राती मात्र जिल्लाको तीन ठाउमा चोरी भएको छ । जिल्लाको मटिअर्वामा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर –१० मटिअर्वा मा रहेको श्रीपती ज्वेलर्स (सुन चाँदी पसल) मंगलवार राति अज्ञात समूहले चोरी गरेको हो । चोर समुहले सो पसलबाट करिब २३ लाख रुपैयाँ बराबरको चोरी पिडितले बताएका छन ।

सो पसलबाट नगद ६ लाख ३० हजार,सुन २.५ भरी (तोला),चाँदी ५ किलो र ६ लाख ६३ हजार रुपैयाँको धरौटीको समान गरी २३ लाख रुपैयाँ सम्मको चोरी भएको पसल संचालक बिरजु साह सोनारले बताएका छन्।

त्यसैगरी जिल्लाको कलैया उपमहानगरपालिकाको वडा नम्बर ८ मा रहेको खपरत्तता फन पार्क प्राङ्गण भित्र रहेको खानेपानी ट्याङ्कीको ५० के.भी ट्रान्सफर्मरको कोवाईल अज्ञात समुहले चोरी गरेको छ ।

उक्त ट्रान्सफर्मर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको रहेको र खानेपानीको निजि ट्रान्सफर्मर समेत रहेको वडा नम्बर ८ का वाडा अध्यक्ष रन्जित चौरसियाले बताएका छन् । सो ट्रान्सफर्मरमा ११ हजार भोल्टेजको करेन्ट सप्लाई गरिएको थियोे ।

त्यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित शान्ता श्रेष्ठको घरमा चोरी भएको समाचार प्राप्त भएको छ ।

चोरीका घटनाको विषेश अनुसन्धान टोली परिचालन गरि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

चाडपर्वहरुलाई लक्षित गरी चोर समुहहरु सक्रिय भएकाले प्रहरीको निगरानी बढाउन र गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गर्न जरुरी रहेको जिल्लावासीले आग्रह गरेका छन ।

Leave a review

This will close in 0 seconds