कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित कोल्हवीमा शुक्रवार निशुल्क आँखा परिक्षण शिबिर सम्पन्न भएको छ ।
कोल्हवी स्थित तामागढी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा परिक्षण शिविर सम्पन्न भएको हो ।
सहकारीले आफ्ना शेयर सदस्य एवम आम सर्बसाधारण समुदायको स्वास्थ्यको अवस्थाको मध्यनजर गर्दै नेत्र रोग बिशेषज्ञबाट आँखा परिक्षण तथा निशुल्क अपरेशन गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सहकारीले जनाएको छ ।
कोल्हबी वडा नम्बर १ मा रहेको तामागढी ईभेन्ट भेन्यु मा आयोजित उक्त शिबिरमा दुई सय १७ जना सहभागीको निशुल्क आँखा परिक्षण गरिएको थियो । आखाँ परिक्षण गरेका मध्ये ५२ जना मा मोतिबिन्दुको समस्या देखिएको थियो ।
मोतीबिन्दुका बिरामीको निशुल्क आँखा अप्रेसनका लागि २६ गते गर्ने र अस्पताल सम्म जान र आउन समेत निशुल्क यातायात सेवाको ब्यवस्थापन गरिएको सहकारीका मुख्यम प्रबन्धक बासुदेव रिमालले जानकारी दिनुभएको छ ।

