कलैया : लायन्स क्लव अफ कलैयाले असहाय वृद्धहरुलाई जाडोबाट बचाउन सिरक डसना हस्तान्तरण गरेको छ। लायन्स ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४७ औ जन्म जयन्तिको अवसरमा साता व्यापि रुपमा गरिने सामाजिक कार्यक्रम अन्तर्गत पहिलो दिन सिरक डसना हस्तान्तरण गरिएको हो।
कलैया उपमहानगरपालिका वडा नं ४ सुन्दरवस्तिमा रहेका असहाय बृद्धहरुलाई जाडोबाट जोगिनको लागि १६ थान कपासको सिरक डसना हस्तान्तरण गरिएको छ। लायन्स क्लव अफ कलैयाको दोस्रो उपाध्यक्ष लायन बृज किशोरसाह कलवारको संयोजकत्वमा र क्लवको अध्यक्ष लायन सुर्यजित सिहको अध्यक्षतामा सो कार्यक्रम भएको हो।
उक्त कार्यक्रममा लायन्स क्लव अफ कलैया,बाराको संस्थापक अध्यक्ष लायन दिलिप चौधरी कलैया उपमहानगरपालिका वडा नं ४ को वडा अध्यक्ष रामेश्वर यादव, क्लवका सचिव लायन मुकेश कुमार गुप्ता, कोषाध्यक्ष लायन अजयकुमार सर्राफ, सदस्यहरु लायन भोला र्सार्फ, लायन श्याम खेतान,लायन लोकेन्द्र जयसवाल,लायन नवीन अग्रवाल लगायतको उपस्थितिमा सो कार्यक्रम भएको जानकारी क्लवका सचिव लायन मुकेश कुमार गुप्ताले दिए।


