उत्कृष्ट करदाता सम्मान तथा कर्मचारीलाई पुरस्कृत

रञ्जन यादव
238 पाठक संख्या

जीतपुर : आन्तरिक राजश्व कार्यालय बाराले बिहीबार उत्कृष्ट करदाता सम्मान र कर्मचारीलाई पुरस्कृत गरेको छ ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको सहकार्यमा संघकै कार्यालयमा भएको कार्यक्रममा ब्यपारीहरुले एकद्धारबाट कर उठाउँने ब्यवस्था हुनुपर्ने र कर तिर्दा सामना गरेको समस्याको बिषयमा कर अधिकृतलाई अवगत गराएका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर स्वघोषित बिवरणमा आधारित भएकाले यसलाई तिर्नुपर्नेमा जोड दिनुभयो । यता आन्तरिक राजस्व कार्यालय बारा सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डेले समय र लागतलाई घटाएर करदाता मैत्री कर प्रणालीको बिकाश गर्न बिभाग लागि परेको बताए ।

बिश्वका नाम चलेका १० जना कर बिज्ञहरुले दिएको सल्लाह र सुझाव अनुसार बिजनेस प्रोशेष ईन्जिनीयरीङ्गको ड्राफट बनाई अर्थमन्त्रालयमा प्रस्तुत गरिएको उनले बताए ।

उनले यो प्रणाली पारित भएपछि दर्ता,बिवरण लिने र कर तिर्न करदातालाई सहजता प्रदान हुने बिश्वास लिएका छन । प्रमुख अधिकृत पाण्डेले करदाता र कर सङ्कलन गर्ने बिच बिवाद भएमा समाधान गर्ने निकायको ड्राफटमा परिपालना गरिएको बताए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,राजस्व कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्मा,बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्का,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,निबर्तमान अध्यक्ष संजय साह लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयले उत्कृष्ट करदाता र कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ।

Leave a review

This will close in 0 seconds