पर्सामा दुईवटा ट्याक्टर र काठको गोलीया बरामद

साझेदारी दैनिक
193 पाठक संख्या

पर्सा : पर्साको भलुवाही खोला नजिकको बन क्षेत्रबाट बन गस्ती टोलीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नं.१ सोन बर्षामा रहेको भलुवाही खोलाबाट अबैध रुपमा बालुवा निकाली ल्यैजादैँ गरेको अवस्थामा ना ६ त ९१०७ नम्बरको ट्याक्टर बन क्षेत्रमा अड्किएको थियो ।

अड्कियो ट्याक्टरलाई ना .५.त ५१०२ नम्बरको ट्याक्टर तानिरहेको अवस्थामा रङ्गपुर सब डिभिजन बन कार्यालय टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको रेञ्जर कपिलदेव प्रसाद यादबले जानकारी दिए ।

ट्याक्टर नजिक रहेका ३४ जना मानिसहरु बन गस्ती टोलीलाई देखेर भागेको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टरलाई रङ्गपुर सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको जनाईएको छ । त्यस्तै सब डिभिजन बन कार्यालय,बड्निहारले पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडियाबाट २ क्युफिट काठको गोलिया बरामद गरेको छ ।

खेतबारीमा परालले छोपेर लुकाएर राखिएको अवस्थामा काठको गोलिया बरामद गरिएको छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए । आईतबार बन गस्ती दाउरा लोड गरिएको ४ वटा साईकल नियन्त्रणमा लिएको थियो । बरामद साईकलको चक्का काटेर जङ्गलमै छोडिएको सब डिभिजन बन कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिएको ट्याक्टर र काठ सम्बन्धमा अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी गराएका छन ।

Leave a review