जीतपुर : जीतपुर रेडिमेड ब्यवसायी संघको भेलाले अध्यक्षमा सन्जय श्रेष्ठलाई सर्वसहमत चयन गरेको छ ।
आइतबार जीतपुरमा भएको रेडिमेड ब्यवसायी संघको एक भेलाले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो ।
जीतपुर रेडिमेड ब्यवसायी संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र गुप्ता,सचिवमा कृष्ण पौडेल,कोषाध्यक्षमा प्रकाश राज रौनियार र सहसचिवमा सनम बहादुर क्षेत्री सर्वसहमत नयाँ कार्यसमिति गठन गरिएको छ ।
सदस्यहरुमा सुदिस साह कलवार,शुभनारायण रौनियार,समीर अन्सारी,सन्तोष रौनियार,संगम बहादुर क्षेत्री,नजामुदिन अन्सारी,मैयाँ पौडेल,बिकाश गिरि रहेका छन ।
भेलाको प्रमुख अतिथि जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका माहासचिव प्रकाश गिरी रहनुभएको थियो । जीतपुर रेडिमेड ब्यवसायी संघले प्रत्येक महिनाको १ गते हरेक रेडिमेड पसल बन्द गर्ने निर्णय गरेको छ ।


