एमविविएसमा देशमै दोस्रो स्थान प्राप्त गरेका विद्यार्थीलाई नगर प्रमुख यादवले गरे सम्मान

साझेदारी दैनिक
296 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ एमबिबिएस परीक्षामा देशमै दोस्रो स्थान प्राप्त गरेका माधवनारायण नगरपालिका –७ फूलवारियाका विधार्थी मधुसुधन प्रसाद साहलाई रौतहटको माधवनारायण नगर पालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले सम्मान गरेका छन्।

केहीदिन अघि भएको एमविविएस परीक्षामा देशमै साहले दोस्रो स्थान हासिल गरेका हुन्। यसले नगरपालिका र रौतहटको गौरव बढाएको भन्दै नगर प्रमुख बैजनाथ प्रसाद यादवले शुक्रवार आफ्नै कार्यकक्षमा विद्यार्थी साहलाई सम्मानित गरेका हुन्।

शिक्षामा अझै प्रगति गर्न सुझाव सल्लाह सहित सफलताको शुभकामना यादवले दिएका छन्। शिक्षा,साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रौतहट जिल्ला रहेको छ।

शिक्षामा सबभन्दा पिछडिएको जिल्लाको माधवनारायणका विधार्थी मधुसुधन साहले ठूलो सफलता प्राप्त गरेका हुन्। एमबिबिएसको परीक्षामा देशभरिमा दोस्रो स्थान ल्याउन सफल हुनु आफैंमा ठूलो सफलता रहेको मेयर यादवले बताए।

एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले लिएको छनौट परिक्षामा साहले देशमै दोस्रो स्थान हासिल गरेका हुन्। उनले नगरपालिका र रौतहटको मान सम्मान एवं गौरव बढाएकोले आफूले उनलाई सम्मान गरेको नगर प्रमुख बैजनाथ प्रसाद यादवको भनाइ छ।

एमविविएसको छनौट परीक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोस्रो स्थान प्राप्त गरेका हुन्।

Leave a review