फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
274 पाठक संख्या

बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले चोरी मुद्दामा अदालतबाट एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय पाएका बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बस्ने अन्दाजी २७ वर्षीय भोला पासवानलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review