रौतहट : भोल्टेजको कमि भएर विजुली बत्ती समेत वल्न नसकि समस्या भोगिरहेका केही नागरिकहरु समस्यामुक्त भएका छन्।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ७ फतुवा वडा नं ६ पेटभर्वा वडा नं ४ टेंग्रहका स्थानीयवासीहरु समस्यामुक्त भएका हुन्। आम जनता पार्टीका स्थाई कमिटी सदस्य मेयर प्रत्यासी विजय यादव निर्विजले विद्युत कार्यलय मौलापुर संग सहकार्य गरी ट्रान्सफर ल्याएर जडान गराएका हुन्।
समस्या समाधान भएपछि स्थानीयवासीहरु उज्यालोमा वस्न पाएका छन्। खाना खाने वेलामा भोल्टेज नपूगेर बत्ती धिपिक धिपिक गर्ने अवस्था संगै सो वाट परेको समस्यावाट मुक्त भएपछि स्थानीयहरु हर्षित भएका हुन्।
स्थानीयवासीहरुलाई खाना खानेवेलामा बिजुली बत्ती नवलेर समस्या रहेको थियो। स्थानीय ठाँउका अस्पताल,मिल तथा साना कलकारखाना,पंखा,फ्रीज सञ्चालन गर्न समस्या,किसानलाई भोल्टेज न भएपछि समस्या झेल्दै आएका थिए ।
३०० वाट क्षमताको फतुवा,पेटभर्वा,टेग्राहामा ट्रान्सफर्मर जडान भएपछि उक्त ठाँउमा अहिले साँझको वेला समेत राम्रो संग वत्ती बल्ने गरेको आजपाका नगर उपाध्यक्ष वडा प्रत्यासी राधाकन्त यादवले बताए।
आम जनता पार्टीका केन्द्रिय अध्यक्ष रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद् प्रभु र उनको स्वकीय सचिव समेत रहेका मेयर प्रत्यासी विजय यादव निर्विजले आफूले यस नगरमा आम जनताका साथले नगरका विभिन्न वडामा दलितको पक्की घर,घर– घरमा ग्यास सलेण्डर चुलो,कृषी बाटो,सडक ढलान,कालो पत्रे पिच,किसानकालागि सुविधा सम्पन्न डिप बोरिङ,स्याले ट्युवेल,सिँचाइका लागि बाँध निर्माण,मठ मन्दिर,मस्जिद,पिकनिक पार्क,विवाह मण्डप,विद्यालयका भवन निर्माण,पुल निर्माण,नदी नियन्त्रण लगायतका थुप्रै कार्यहरु यस नगरमा भएको जनाएका छन्।
फतुवा विजयपुर नगरपालिकाकाका अधिकांस भूभागमा विजुली पूगेको छ। केही ठाँउमा भोल्टेजको समस्या अझै रहेको छ । बाकी ठाउँमा विधुत कार्यलय संग सहकार्य गरेर
चाडै नयाँ ट्रान्सफरहरु ल्याएर समस्या समाधान गरिने मेयर प्रत्यासी यादवले साझेदारी दैनिकलाई बताए।


