पर्साका सीडीओ दाहालको सरुवा, अधिकारी आउँदै

साझेदारी डेलि
54 पाठक संख्या

बारा । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको सरुवा भएको छ। दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ।

उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयको २०८३ मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो। यस निर्णयबाट ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समेत हेरफेर भएका छन्।

Leave a review