कोल्हवी : बिनिता चौधरी / नेपाल रेडक्रस सोसाइटी सपही उपशाखाको १२ औं बार्षिक साधारण सभा शनिबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ।
सो सभा कोल्हबी नगरपालिका ४ प्रगतिनगरमा रहेको महिला भवनमा सम्पन्न भएको हो।
संस्थाकी सभापति इन्दिरा देवकोटाको सभापतित्वमा सो सभा भएको हो। कार्यक्रमका प्रमुख अतिथि कोल्हबी न पा वाड न ४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनालीले पानसमा बत्ती बाली साधारणसभाको उद्घाटन गरेका हुन्।
संस्थाको उत्तरोत्तर प्रगतिको मैनालीले शुभकामना दिए। उनले रेडक्रस मानवीय सेवा गर्ने संस्था भएको जनाए। रेडक्रस उपशाखालाई आवश्यक सहयोग आफुले गर्ने उनले बताए। सबै जनाले आ आफ्नो ठाउँवाट यो सस्थालाई अझै अगाडि बढाउनको लागि सहयोग गर्न उनले आग्रह गरे।
कार्यक्रमलाई समापन गर्दै सभापति इन्दिरा देवकोटाले यस सपही उपशाखाको आफ्नो कार्यालय भवन अहिले सम्म नभएको जनाइन्। उनले नगरपालिकाको तर्फबाट केही जग्गा उपलब्ध गराइदिन हुन प्रमुख अतिथि वाड न ४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनालीलाई आग्रह गरिन्।
शुभकामना मन्तव्य गणेश मैनाली,बोधराज सुवेदी,उदय नेपाल लगायतकाले व्यक्त गरे। संस्थाका सचिव महेन्द्र प्रसाद देवकोटाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कल्याणि बिमलीको थियो।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाका कोषाध्यक्ष उदय नेपाल र उपकोषाध्यक्ष रामकुमार उप्रेतीको विशेष उपस्थिति रहेको हो।
कोल्हवी नगरपालिका ४ का वडा सदस्य शम्भु प्रसाद चौधरी,ओर्मिला चौधरी,देवकान्त चौधरी,भुपु सभापति पोतमाया लामिछाने,सुमित्रा गिरि,गणेश प्रसाद मैनाली,बोधराज सुबेदी लगायतको उपस्थिति रहेको थियो।


