चट्याङले ४ काे मृत्यू ७ घाइते

साझेदारी दैनिक
साझेदारी दैनिक 496 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान /
बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यू ७ जना घााइते भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहिवार विहान जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा गरि ४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सितलपुरका खेतमा रोपाई गरीरहेकी ३५ बर्षिय आसादेवी महतो, ४५ बर्षिय हलिमा खातुन रहेकी छिन भने फेटामा घरमा चटयाङ लग्दा एकै घरका ३० बर्षिय ईन्दु देवी महतो, ४० बर्षिय सुनारपति देवी महतोको घटनाा स्थलमा नै मृत्यू भएको प्रवतmा मिश्रले भन्नुभयो ।

चटयाङ लागेर फेटामा ७ जना घाईते भएका छन् घाईतेहरुलाई अस्पताल लगिएको र मृतकहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने त्यारी भईरहेको प्रवतmा मिश्रले जानकारी दिनुभयो । चटयाङका कारण बारामा प्रत्येक बर्ष मृत्यु हुने गरेका छ ा

समाचार शेयर गर्नुहोस
Leave a review