वीरगञ्ज : होटेल तथा सेकुवा पसलहरुमा वीरगञ्जमा अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय,बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोलिले बुधबार बजार अनुगमन गरेको हो।
वीरगञ्ज महानगरपालिका–१६ भन्सार क्षेत्रमा संचालित होटेलहरुमा टोली अनुगमनको लागि पुगेको थियो।केही होटेल तथा पसल हरुमा टोलिले अनुगमन गरेको हो।
त्यहाँ भएका अधिकाश होटेल र पसलहरु बन्द गरिएको थियोे। कारवाहीमा पर्ने डरले पसले हरुले आ आफ्ना होटेल तथा पसलहरु बन्द गरेका थिए ।
अनुगमन टोलीले भने सो क्षेत्रमा रहेका पसलहरुमा देखाउनकै लागि भएपनी केही पसलहरुमा बिक्रीवितरणका लागि राखिएको खाद्य पदार्थहरु जाँच गरेको थियोे ।



