रौतहटमा एक टिपरमा आगलागी,चालक गम्भीर घाइते

साझेदारी दैनिक
285 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव /रौतहटमा आज बिहान एक टिपरमा आगजनी भएको छ ।

जिल्लाको वृन्दावन नगरपालिका -४ स्थित एक क्रसर उद्योगको टिपरमा ११ हजार भोल्टको हाइटेन्सन तारमा टाँसिएर आगजनी भएको छ।

हाइड्रोलिक प्रेसर माथि उठाउँदा विद्युतको ११ हजार भोल्टको तारमा उक्त हाइड्रोलिक टाँसिएर टिपरमा करेन्ट प्रवाह हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।

टिपरमा आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन्।

आज बिहान ८ बजेको समयमा वृन्दावन नगरपालिकाको गढिमाइ क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपरले ग्राभेल झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा हाइड्रोलिक टाँसिएर टिपरमा आगजनी हुँदा टिपर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीमा परेर टिपर चालक ४३ वर्षीय जयप्रकाश सहनी गम्भीर घाइते भएका छन्।

विद्युतको करेन्ट टिपरमा प्रवाह भएर टिपरमा आगलागी हुँदा टिपरमा बसेका चालक सहनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गम्भीर घाइते भएका चालक सहनीको गरुडास्थित एक निजी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि विरगंजतर्फ पठाइएको रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन्।

घटना सम्बन्धमा थप अनुसन्धान भरहेको एसपी घिमिरेले बताए ।

Leave a review

This will close in 0 seconds