लाखौको माल सामान बरामद

साझेदारी दैनिक
315 पाठक संख्या

बारा : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोक स्थित सडक खण्डमा एक माल बाहक ट्रकबाट लाखौको माल समान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिृएको प्रहरी टोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको प्र २–०३–००१ ख २८८८ नम्बरको ट्रक बाट रु ७१ लाख ७४ हजार ५ सय ९१ रूपैयाँ बराबरको माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

उक्त माल बाहक ट्रक लाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको भाडाकुडा,औषधि लगायतको माल सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त माल सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds