माघे संक्रान्ती पर्वको सम्पूर्ण तयारी पुरा

साझेदारी दैनिक
317 पाठक संख्या

बारा : राजेश कुशवाहा/ बाारामा माघे संक्रान्ती पर्वको सम्पूर्ण तयारी पुरा भएको छ।

जिल्लाको १६ पालिकामा यो पर्वको तयारी पुरा भएको हो। पर्वको पूर्व सन्ध्यामा जिल्लाको बिभिन्न स्थानमा रहेको बजारमा ग्राहकहरुको भिड बढेको छ।

जिल्लाको कलैया बजार,फेटा बजार,प्रसौनी बजार,परवानीपुर बजार,बरियारपुर बजार,गञ्जभवानीपुर बजार,सिम्रौनगढ बजार कचोर्वा बजार,पटेर्वा बजार,भगवानपुर बजार लगायतकोमा पर्वका लागि चाहिने सर सामान किन्ने ग्राहकहरुको भिड लागेको हो।

हिन्दु धर्मावलम्बीहरुले माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाउने गर्छन ।उनीहरुले माघ १ गते बिहान बिहान नुहाई धुवाई गरी घरका देबी देउता लाई चामल,तिल,ध्यु लगायतका चढाई खिचडी पकाई खाएर माघे संक्रान्ति पर्व मनाउने गर्छन।

थारु बहुल्य क्षेत्रमा माघे संक्रान्ति पर्वलाई माघी पर्वको रुपमा मनाउने गरिन्छ ।जाडोबाट मुक्तहुने पर्वको स्वरुप माघे सङक्रान्तिमा घ्यू,चाकू,तील,तरुल सखर खण्डका परिकार खाने प्रचलन छ ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर सङक्रान्ती पनि भन्ने गरिन्छ ।पर्वको अवसरका तिलको लडु,लगायतको बिक्री बढेको छ। तराई मधेशमा माघेसंक्रान्ती पर्वको कोसेली चेली बेटी कहा पुरयाउने चल्न समेत रहेको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा बाराको प्रसिद्ध धार्मिक स्थल गढीमाईमा बिहानै देखी श्रद्धालुहरु घुईचो लाग्ने गर्छ। गढीमाईमा दर्शनका लागि भारतबाट समेत दर्शनाथीहरु आउने गर्छन्।

दर्शनाथीहरुको भिडले गढिमाईमा मेलानै लागछ ।माघे संक्रान्ती पर्वको अवसरमा बरियारपुरस्थित रामना कामना माई मन्दिरमा मेला लाग्ने गर्छ ।माघे संक्रान्तिमा बाराको सिम्रौनगढमा रहेको कंकालीमाई मन्दिरमा समेत भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

Leave a review

This will close in 0 seconds