माघे संक्रान्ति पर्व मनाईयो

साझेदारी दैनिक
373 पाठक संख्या

कलैया :हिन्दु धर्मावलम्बीहरुले माघे संक्रान्ति पर्व मंगलबार हर्षाेल्लासका साथ मनाईएको छ।

बारा जिल्लाको १६ पालिकामा माघे संक्रान्ति पर्व मनाईएको हो।उनीहरुले बिहान नुहाई घरका देवी देउता लाई चामल,तिल ,ध्यु लगायतका चढाई खिचडी पकाई खाएर माघे संक्रान्ति पर्व मनाएका हुन् ।

जाडोबाट मुक्त हुने पर्वको स्वरुप माघे सङक्रान्तिमा ध्यू,चाकू,तील,तरुल सखर खण्डका परिकार खाने प्रचलन छ।

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर सङक्रान्ती पनि भन्ने गरिन्छ ।पर्वको अवसरका तिलको लडु,लगायतको बिक्री बढेको छ।

तराई मधेशमा माघेसंक्रान्ती पर्वको कोसेली चेली बेटी कहा पु-याउने चलन समेत रहेको छ। माघे संक्रान्ति पर्वलाई बाराली चौधरी समुदायले माघी पर्वको रुपमा मनाएका छन्।

Leave a review

This will close in 0 seconds